सीपीएल खेल्नका लागि सन्दीप वेष्टइण्डिजका लागि उडे, पुगेलगत्तै १४ दिन क्वारेन्टिनमा बस्ने



काठमाडौं, साउन १५ । चर्चित क्रिकेटर तथा राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग ९सिपिएल० खेल्नका लागि आज वेष्ट इण्डिजतर्फ लागेका छन् ।

सन्दीप आज बिहान १० बजेको कोरियन एयरलाइन्सको चार्टर विमानबाट त्यसतर्फ प्रस्थान गरेको उनका ब्यबस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

ब्यबस्थापक शिवाकोटीका अनुसार उनी अमेरिका हुँदै भोलि प्रतियोगिता आयोजना स्थल पुग्ने र त्यहाँ पुगेपछि सन्दीप १४ दिन क्वारेन्टिन बस्नेछन्। ३३ खेल हुने सिपिएल अगष्ट १८ बाट सुरु हुँदैछ ।
यद्यपी सन्दीपको टोलीको खेल भने १९ तारिखबाट सुरु हुने बताइएको छ। सन्दीपको टोली जमैकाले अगष्ट १९ मा सेन्ट लुसिया जुक्सविरुद्ध खेल्दै लिगको सुरुवात गर्ने छ।

सन्दिपले यस वर्षका लागि १ करोड ३० लाख रुपैयाँ लिएर सिपिएलमा खेल्न जान लागेका हुन् । सन्दीपको शानदार खेल र चर्चाका बिच उनलाई महँगो रकममा जमैका तलावाजले अनुबन्ध गरेको हो ।

Comment