नक्कली साँचो बनाइ मोटरसाइल चोर्ने आनिषसहित दुई जना पक्राउ — OSNepal

नक्कली साँचो बनाइ मोटरसाइल चोर्ने आनिषसहित दुई जना पक्राउ

LC (KTM) October 19, 2021 0

पर्सा २ कात्तिक । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–३ ठेगाना भएका २३ वर्षीय मोहम्द आशिक र सोही ठाउँ ठेगाना भएका २३ वर्षीय आनिष हवारी रहेका छन् ।

निजहरुलाई वीरगंज महानगरपालिका–१५ बस्ने रामलखन साहको ना.१९ प ६३५५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ गरिएको हो । नक्कली साँचो बनाइ मोटरसाइल चोर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ बनाई चलाइरहेको अवस्थामा वीरगंज महानगरपालिका–१६ बसपार्कबाट निजहरुलाई पक्राउ गरिएको हो । निजहरुमाथि चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर