बैतडीमा अबिरल बर्षासँगै आएको पहिरोले सात घर उच्च जोखिममा, सर्तक रहन आग्रह — OSNepal

बैतडीमा अबिरल बर्षासँगै आएको पहिरोले सात घर उच्च जोखिममा, सर्तक रहन आग्रह

LC (KTM) October 19, 2021 0

बैतडी – बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गएको पहिरोले सात घर उच्च जोखिममा परेका छन् । मंगलबार बिहान ५ बजेतिर गएको पहिरोले चन्द्र सिंह महरा, लक्ष्मीदत्त पन्त, कृष्णसिंह भाट, कृष्ण बिष्ट, सामना अवस्थी र गोपाल भाटको जोखिममा परेका हुन् ।

खोड्पे बजार क्षेत्रको पश्चिमपट्टी गएको पहिरोले घरहरू जोखिममा परेको प्रहरी चौकी खोड्पेले जनाएको छ । बजार क्षेत्र नै पहिरोको जोखिममा परे पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीय गोपाल भाटले बताए । आइतबार रातीदेखिको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर