दोषीलाई कारवाहीको माग गर्दै २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेकी खान र सरकारबिच सहमति — OSNepal

दोषीलाई कारवाहीको माग गर्दै २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेकी खान र सरकारबिच सहमति

LC (KTM) October 19, 2021 0

काठमाडौं २ कात्तिक । नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका रुबी खान सहित १५ जना महिलाको सुमह र सरकारबिच सहमति भएको छ ।

बाँकेमा घरेलु हिंसाबाट आफ्नै परिवारका सदस्यकै मिलेमतोमा अकालमै ज्यान गुमाएकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई कारवाही गर भन्दै अनसन बसेकी खानले सहमति भएसँगै अनशन स्थगित गर्ने भएकी छन् ।

गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने सहमित भएसँगै खान अनशन स्थगित गर्ने सहमतिमा पुगेकी हुन् । उक्त छानविन समितिमा मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहमद शेर बागवान रहेका छन् ।

सात दिन भित्र प्रतिवेदन बुझाउने गरी छानविन समिति गवन भएको हो । अनशनरत खानले दोषीलाई पक्राउ नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाही गर्न माग समेत गरेकी छन् ।

आफ्नो माग पुरा नभए सम्म आफुहरु धर्नामा बस्ने बताएका छन् । यस विषयमा अहिले केही बेरमा पत्रकार सम्मेलन गरी जानकारी गराइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर