नेपालमा आज १ सय ५१ जनाले कोरोनालाई जितेर घर फर्के



काठमाडौं, साउन १६ । नेपालमा शुक्रबार थप १ सय ५१ जनाले कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या हालसम्म १४ हजार ३ सय ९९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप १ सय ५१ जना घर फर्केको जानकारी दिएका हुन् ।

नेपालमा पछिल्ला दिनमा कोरोनालाई जितेर घर फर्किनेको संख्या बढे पनि समुदायस्तरमा भने संक्रमण फैलिन थालेको आशंका बढीरहेको छ ।

Comment