रुकुम पश्‍चिममा कोरोना देखिएका २७ जना नै उपचार पछि निको भएर घर फर्के, संक्रमित सबै डिस्चार्ज भएपछि कोरोनामुक्त जिल्ला बन्यो रुकुम पश्च‍िम



रुकुम पश्चिम —रुकुम पश्चिममा दुई जना कोराना संक्रमित शुक्रबार डिस्चार्ज भएर घर फर्केका छन् । यो सँगै रुकुम पश्चिममा कोरोनालाइ जितेर घर फर्कनेको संख्या २७ पुगेको छ ।चौरजहारीका २०, बाँफिकोटका ३, सानीभेरीका २, मुसीकोट र त्रिवेणिका १ र १ जनामा कोरोना संक्रमण देखिएको थियो ।

सबै जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए । संक्रमित सबै डिस्चार्ज भएसँगै रुकुम पश्च‍िम कोरोनामुक्त जिल्ला बनेको छ ।

Comment