नारायणी अस्थायी कोरोना अस्पतालबाट २० जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्के



वीरगन्ज -वीरगन्जको कोरोना अस्पतालबाट २० जना डिस्चार्ज उपचार पछि निको भएर घर फर्केका छन् ।नारायणी अस्थायी कोरोना अस्पतालबाट बिहीबार दुई जना र शुक्रबार १८ जना गरी २० जना संक्रमित उपचार पछि निको भएर घर फर्केका हुन् ।

डिस्चार्ज हुनेमा वीरगन्ज महानगरपालिका– ५ जेल रोड निवासी ४७ वर्षीय जोगिन्द्र महतो पनि छन्, जो निमोनियाका बिरामी पनि थिए । ‘१० दिनसम्म चलेको उपचारपछि महतो निको भएका हुन् । डिस्चार्ज हुने २० जनामध्ये ३ जना महिला रहेको अस्पतालका इन्चार्ज डा। निरजकुमार सिंहले बताए ।

Comment