आज देशका केही ठाउँमा भीषण वर्षा हुने, सर्तकता अपनाउन आग्रह



काठमाण्डौ – आज पनि देशकाकेही ठाउँमा ठूलो वर्षा सम्भाबना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज आज प्रदेश १, २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा भीषण वर्षा हुने र अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको वर्षा  हुनेछ ।

मनसुनी वायुको प्रभाव तथा मनसुनी न्यूनचापीय रेखा पूर्वी तराई नजिकै रहेकाले ठूलो वर्षा हुने सम्भाना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश ४ र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने संभावना छ ।

मंगलबार र बुधबार विशेषगरी कैलाली, कन्चनपुर आसपासका जिल्लामा ठूलो पानी पर्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

Comment