भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिएर चर्चामा रहेका उप सचिव प्रेम सञ्जेल आफ्नै कार्यकक्षमा कुटिए



काठमाडौँ, साउन १७ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिएर चर्चामा रहेका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल कार्यकक्षमै कुटिएका छन् ।

उपसचिव सञ्जेललाई कार्यालयका सहयोगी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न दुवै जनलाई प्रहरीले पक्राउ गरेर कारवाही प्रक्रिया अगाडी बढएको छ ।

कुटपिटमा संलग्न दुवै सहयोगी कर्मचारीहरु करारमा नियुक्त भएका हुन् । ति दुवै कर्मचारीले उपसचिव संजेललाई चप्पल, पञ्चिङ मेसिन लगायतका सामाग्रीले कुटेपछि उनको अनुहारमा चोट लागेको बताइएको छ ।

कुटपिट गर्नुअघि ति कर्मचारीले कार्यालय प्रमुख संजेलसँग छलफल गर्नु छ भन्दै उनको कार्यकक्षमा प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।