नेपालमा कोरोना संक्रमितको दर बढ्दो, आज एकै दिन ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, साउन १७ । नेपालमा शनिबार थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

त्यस्तै आज मात्रै देशभर थप ९३ जनाले कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या हालसम्म १४ हजार ४ सय ९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप ९३ जना निको भएर घर फर्केको जानकारी दिएका हुन् ।

नेपालमा पछिल्ला दिनमा कोरोनालाई जितेर घर फर्किनेको संख्या बढे पनि समुदायस्तरमा भने संक्रमण फैलिन थालेको आशंका बढीरहेको छ ।

Comment