नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५७ पुग्यो



काठमाडौं, साउन १७ । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । शनिबार कोरोनाका कारण मृत्यु हुनेमा वीरगञ्ज – १६ नगवाकी ५० वर्षीया महिला रहेकी छिन् ।

उनको नारायणी वयोधा अस्पतालमा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ भने पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा १० जनाले ज्यान गुमाएका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायका अनुसार ति महिला बयोधा अस्पतालमा साउन १४ गते भर्ना भएको र रिर्पोट नआउँदै मृत्यु भएको हो ।