नेपाली भूमि कालापानी नजिकै चीनले १ हजार बढी सैनिक गर्यो तैनाथ



काठमाडौं । नेपाल–भारत सीमा विवाद उत्कर्षमा रहेका बेला चीनले पनि नेपाली भूमि कालापानी, लिम्पियाधुरा नजिकै सैन्य गतिबिधि बढाउन थालेको छ । चीनले ‘पिपुल्स लिबरेसन आर्मी’ (पीएलए)  को एउटा बटालियनलाई लिपुलेक नजिकै ल्याएर तैनाथ गरेको भारतीय भिडिया आजतकले लेखेको छ ।

भारतले लिपुलेक हुँदै कैलाश मानसरोवरलाई जोड्ने सडक निर्माण गरेपछि चर्चामा आएको उक्त स्थानमा भारत र चीनको मिलेमतोमा बाटो खनिएको भन्ने लगाएका आशंका उत्पन्न भइरहेको समयमा चीनले पनि धमिलो पानीमा माछा पार्ने दुश्प्रयास गरेको छ ।

सदिऔँदेखि नेपालको भूमि दार्चुलाका भारतले अतिक्रमण गरेका ति स्थानहरुलाई नेपालले आफ्नो राजनीतिक नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभागलाई समेटेपछि भारतले आपत्ति जनाइरहेको छ ।

यद्यपी शीर्ष तहबाट वार्ता गरेर समस्या समाधान गर्ने भारतले कुनै लक्षण नदेखिँदा नेपालले पनि सीमानामा सशस्त्र प्रहरी खटाएको छ । गत जुन १५ मा सीमा क्षेत्रमा दुई देशका सेनाबीच हिंस्रक झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएपछि भारत र चीनबिच पनि सीमाना विबाद उत्कर्षमा छ ।

Comment