भुषको आगो सल्के झै कोरोना संक्रमित बढेपछि बाँकेमा आजदेखि तीन दिन निषेधाज्ञा जारी



नेपालगन्ज-जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि आज बाट तीन दिनसम्म पुनः निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण बढेपछि बाँकेले निषेधाज्ञा जारी गरेको हो ।

बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । शनिबार राति १२ बजेदेखि लागु गरिएको निषेधाज्ञा मंगलबार राति १२ बजेसम्म लागू हुने बताइएको छ ।

निषेधाज्ञा भएपछि र जिल्लाका सम्पूर्ण पसल, होटल तथा यातायात साधन ठप्प भएको बताइएको छ । निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्किने आदेश दिइएको छ ।   बिहीबार मात्र बाँकेमा ११ कर्मचारीसहित २७ जनामा संक्रमण पुष्टि भएको थियो ।

Comment