बलिउड अभिनेता आफताब बने पिता, खुशी व्यक्त गर्दै लेखे यस्तो स्टाटस



एजेन्सी- बलिउड अभिनेता आफताब शिवदसानी छोरीको पिता बनेका छन् । उनकी पत्नी निन दुसांजले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् । दुसाांजले सोसल मिडियामा पत्नी र छोरीको तस्विर सेयर गर्दै आफु बाबु बनेको जानकारी दिएका हुन् । तस्विर सेयर गर्दै उनले खुशी पाखेका छन् ।

उनले लेखेका छन् , ‘स्वर्गको एउटा टुक्रा धर्तीमा पठाइयो।।। भगवानको आशिर्वादसहित । निन दुसांज र म आफ्नी छोरीको जन्मेको खबर सुनेर निकै उत्साहित छौं हामी दुई जनाबाट तीन जना भएका छौ । हामी गौरवान्वित आमा–बुवा र तीन व्यक्तिको पूरा परिवार हौं ।’

अफताब पिता बनेको खबर उनका फ्यानलाई कुनै सरप्राइज भन्दा कम भएन् किन भने उनकी पत्नी प्रेगनेन्ट भएको खबर कसैलाई पनि थाहा थिएन् ।

Comment