नायिका तमन्ना र विराट कोहलीलाई पक्राउ गर्न माग गर्दै हाइकोर्टमा मुद्दा, के गरे यि दुईले ?



काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीका फ्यानका लागि दुखद खबर छ । कप्तान विराटले अनलाइन जुवाको प्रवद्र्धन गरेको आरोप लगाउँदै उनलाई पक्राउ गर्न माग गर्दै मद्रास उच्च न्यायालयमा मुद्दा दायर गरिएको समाचार एजेन्सी आजतकले लेखेको छ ।

आजतकका अनुसार चेन्नइका एक जना अधिवक्ताले कप्तान विराट सहित नायिका तमन्ना भाटिया पनि अनलाइन जुवाको
प्रवद्र्धनमा लागेको भन्दै मुद्धा दायर गरेका हुन् ।

अनलाइन जुवा कम्पनीहरुले युवाहरुलाई अनलाइन जुवातर्फ आकर्षित गर्नकै लागि चर्चित अनुहारहरुको प्रयोग गरेको र त्यसमा कप्तान विराछ, नायिका तमन्ना, लगायतको संलग्नता रहेको ति अधिवक्ताले आरोप लगाएका छन् ।

अनलाइन जुवाको लागि लिएको पैसा तिर्न नसकेका कारण युवाहरुले आत्महत्या गरेको कारण देखाउँदै ति अधिवक्ताले यस्ता कामको चर्चित अनुहारहरुले प्रर्वदन गर्दा समाज र युवा पुस्तामा विकराल समस्या देखिने उल्लेख गरेका छन् ।

Comment