धरानमा आज फेरी ९ जना कोरोना संक्रमित फेला



सुनसरी-धरानमा आज ९ जना कोरोना संक्रमित फेला परेका छन् । संक्रमित फेला पर्नेमा धरान–१३ बस्ने कोरोना संक्रमित युवा काम गरेको धरान ८ तीनकुनेस्थित धरान औद्योगिक क्षेत्रको उद्योगमा कार्यरत ५ जना र एन्फा क्वारेनटाइन बसेका ४ जना रहेका छन् । धरान औद्योगिक क्षेत्रको प्रिति भल्व उद्योगमा काम गर्ने २ जना कर्मचारीका परिवारमा संक्रमण देखिएको हो । जस मध्य एकको घर स्थायी घर विराटनगर र अर्को स्थायी घर जनकपुर रहेको छ ।

जनकपुर घर भएका कर्मचारीका श्रीमती, छोरी र वर्षीय छोरालार्ई संक्रमण पुष्टि भएको छ । उनीहरु साउन १४ गते आएर धरान १७ एन्फा क्वारेनटाइनमा बसेका थिए । ५० जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा नौ जनामा कोरोना देखिएको हो । संक्रमित सबैलाई आइतबारै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित आइसोलेसन सेन्टरमा पठाइएको छ । आज ९ जनामा कोरोना देखिएपछि संक्रमितको संख्या २४ पुगेको छ ।

Comment