अबिरल बर्षाका कारण किसानलाई मार परेको भन्दै मौलिक जरोकिलो पार्टीद्धारा चिन्ता ब्यक्त – OSNepal

अबिरल बर्षाका कारण किसानलाई मार परेको भन्दै मौलिक जरोकिलो पार्टीद्धारा चिन्ता ब्यक्त

Loknath Rijal (Jhapa) October 19, 2021 0

केही दिन देखी अबिरल रुपमा परेको बेमौसमको वर्षाको कारण किसानहरु बढी प्रभावित भएका छन् । बर्ष दिनमा लागि भित्र्याउन लागिएको धानबालीलाई क्षति पुगेर किसानहरू मर्कामा परेको भन्दै मौलिक जरोकिलो पार्टीले चिन्ता व्यक्त गरेको छ । बिउको अभाव, समयमै मल नपाउने समस्या र बजारको अभावको कारण आफ्नो उत्पादन खेतबारीमै सड्ने समस्या पटक पटक भोगेका नेपाली किसानहरूले यसपटक पाकेको धानबाली भित्र्याउने बेला बेमौसमको वर्षाले गरेको क्षति सहनुपरेकोमा पार्टीले दुःख व्यक्त गरेको छ ।

कोरोना संक्रमणपछि तङ्ग्रिन थालेको मुलुकको अर्थतन्त्रलाई यो घटनाले असर पार्ने देखिन्छ । त्यस्तै, खेतीपातीबाट जीविकोपार्जन गरिरहेका साना किसानहरू चरम आर्थिक संकटमा पर्ने र भोकमरी लाग्ने सम्भावना बढ्नसक्ने पार्टीले जनाएको छ । तङ्ग्रिन थालेको अर्थतन्त्रलाई टेवा दिन र संकटमा परेका किसानको क्षतिपूर्ति बहन गर्ने राहत कार्यक्रम घोषणा गर्न मौलिक जरोकिलो पार्टी सरकारसंग जोडदार माग गर्दछ ।

अधिकांस साना किसानहरूको पहुँचमा कृषि बीमा नपुगेको हुँदा झनै संकट व्यहोर्नु परेको भन्दै बीमालाई सहज र सुलभ बनाइ साना किसानहरूको पहुँचमा ल्याउने व्यवस्था गर्न सरकारसंग माग गरेको छ । समस्या परेपछि टालटुल किसिमको प्रतिक्रियात्मक रूपमा समाधान गरिने अहिलेको कृषि प्रणाली विस्थापन गरी पार्टीले निर्माण गरेको पर्यावरणीय कृषि नीतिको अवलम्बन नै नेपालको कृषि क्षेत्रमा देखिएका समस्याहरूको दीर्घकालिन समाधान र नेपालको कृषि क्षेत्रको पुनर्जागरणको एक मात्र उपाय हो भनेर मौलिक जरोकिलो पार्टी, कृषि विभागले स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement