डोटीमा पहिरोले घर भत्किदा च्यापिएर दुईजनाको मृत्यु – OSNepal

डोटीमा पहिरोले घर भत्किदा च्यापिएर दुईजनाको मृत्यु

LC (KTM) October 19, 2021 0

डोटी, २ कात्तिक -तीन दिनदेखिको लगातारको वर्सातका कारण जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो जाँदा घर भत्किँदा च्यापिए दुईजनाको मृत्यु भएको छ । मृत्युहुनेमा सायल–६ मेल्लेखका सागर र ११ आशिष कुन्जेडा छन् । जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्सातले स्थानीयवासी वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर उनीहरुको मृत्यु भएको हो ।

च्यापिएका शव निकाल्न तथा थप उद्धारका लागि इलाका प्रहरी कार्यालय मौवाबाट प्रहरी निरीक्षक किसन चन्दको नेतृत्वमा प्रहरी टोली परिचालन भएको बताइएको छ । जिल्लामा वर्सातका कारण विभिन्न ठाउँमा क्षति भएका भए पनि सञ्चार सम्पर्क विच्छेद भएका कारण अन्य क्षेत्रको खबर प्रप्त हुन नसकेको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement