कात्तिक नौ गते बस्ने भनिएको प्रतिनिधिसभाको बैठक यस कारण दुई दिन पर सर्यो — OSNepal

कात्तिक नौ गते बस्ने भनिएको प्रतिनिधिसभाको बैठक यस कारण दुई दिन पर सर्यो

LC (KTM) October 19, 2021 0

काठमाडौं २ कात्तिक । कात्तिक नौ गते बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ । कात्तिक नौ गते प्रमुख प्रतिपिक्ष दल नेकपा एमालेको पालिका अधिवेशन परेकाले प्रतिनिधिसभाको बैठक सरेको हो ।

बैठक कात्तिक ११ गते दिउँसो २ बजे बस्ने भएको छ । संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जारी गरिएकोे सुचनामा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को बैठक कार्तिक ११ गते राखिएको बताइएको छ ।

एमालेका प्रमख सचेतक विशाल भट्टराईले आज एक कार्यक्रममा सभामुदले एमालेको
पालिका अधिवेशन दिन पारेर संसद बैठक बोलाएको भन्दै षडयन्त्र गर्न लागेको आरोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर