घरमाथिबाट आएको पहिरो काल बनेर आयो पार्की परिवारको लागि, नातिसहित दुई बुहारीको मृत्यु — OSNepal

घरमाथिबाट आएको पहिरो काल बनेर आयो पार्की परिवारको लागि, नातिसहित दुई बुहारीको मृत्यु

LC (KTM) October 19, 2021 0

कैलाली २ कात्तिक । अविरल वर्षासँगै आएको पहिरोले बैतडमिा एकै घरमा तिन जनाको ज्यान गएको छ ।

जिल्लाको शिवनाथ गाउँपालिका–६ बसेडीमा घर माथिबाट आएको पहिरोमा पुरिए एकै घरमा तिन जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा स्थानीय रामी पार्किको दुई बुहारी १८ वर्षीया पवित्रा पार्की र २४ वर्षीया भानु पार्की र तिन वर्षीय नाती सोम पार्की रहेका छन् ।

गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले दिएको जानकारी अनुसार मृतकको प्रहरीले भर्खरै मात्र उद्वार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर