OSNepal बिहिबार, मंसिर २३ २०७८

‘थालाइवी’फ्लप भएपछि तनावमा रहेकी कंगना एजेन्ट बनिन्

‘थालाइवी’फ्लप भएपछि तनावमा रहेकी कंगना एजेन्ट बनिन्

  • OSNepal
  • मंगलबार, कार्तिक २ २०७८


‘थालाइवी’फ्लप भएपछि तनावमा रहेकी कंगना एजेन्ट बनिन्
Reading Time: < 1 minute

काठमाडौं- पछिल्लो रिलिज फिल्म ुथालाइवीु फ्लप भएपछि बलिउड अभिनेत्री कंगना रनौत केही तनावमा थिइन् । उनले निकै अपेक्षा गरेको फिल्मले दर्शकको साथ नपाएपछि उनी आत्तिएकी हुन् ।

तर, आउँदो फिल्ममा उनी एक्सन गर्लको रूपमा दर्शक समक्ष आउने भएकी छन् । पछिल्ला केही सोसल ड्रामा जनरका फिल्ममार्फत दर्शकमाझ आएकी कंगनाले ुधाकडुमार्फत दर्शकलाई एक्सन देखाउनेछन् । उनको मुख्य भूमिकामा रहेको एक्सन जनराको फिल्म ‘धाकड’ आउँदो वर्ष सन् २०२२ को अप्रिल ८ मा रिलिज हुनेछ ।

उनी धाकडमा विभिन्न १० किसिमका लुक्समा देखिने बताइएको छ । पूर्ण रूपमा एक्सन जनरामा रहेको फिल्ममा कंगनाले एजेन्टको भूमिका निभाएकी छन् । यसका कारण उनले आफ्नो लुक्स पटक पटक परिवर्तन गर्ने र फिल्मभर विभिन्न १० वटा लुक्समा देखिने बताइएको छ ।

मानव तस्करीसँग सम्बन्धित रहेर तयार पारिने फिल्ममा कंगनासँगै शरिब हासमी, दिव्या दत्त, अर्जुन रामपाललगायतको अभिनय छ । रजनिस र चिन्तन गान्धी मिलेर लेखेको फिल्मलाई निर्देशन रजनिस घाईले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड