सेती प्रादेशिक अस्पतालमा फेरी थप २० जनामा देखियो कोरोना



काठमाडौं-सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप २० जनामा कोरोना देखिएको छ । संक्रमित देखिएका मध्य ८ वर्षीया बालिका सहित ६ जना महिला र ३, र १३ वर्षका बालक सहित १४ जना पुरुष रहेका छन् । विज्ञप्ति जारी गर्दै अस्पतालले थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

संक्रमितहरु उनीहरुमध्ये अछामका ४ जना कैलालीका ९ जना र कञ्चनपुरका ७ जना छन् । सेती प्रादेशिक अस्पतालमा १६२ जनाको कोरोना परीक्षण गरिएकोमा २० जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ ।

Comment