दिपक परियारले तीज गीत ‘चरी बस्यो डाली भॉचेर’छोडेर संसारबाट बिदा भए (भिडियो सहित)



चरी बस्यो डाली भाॅचेर’ बोलको तिज गीत सार्वजनिक
काठमाडौं । स्वर्गीय गायक दिपक परियारको गाएको अन्तिम तीज गीतको ‘चरी बस्यो डाली भाॅचेर’ बोलको तिज गीत सार्वजनिक भएको छ ।
दीपिका म्यूजिक च्यानलबाट आज बिहिबार उक्त तीज गीतको म्यूज़िक भिडियो सार्वजनिक भएको हो ।
स्व. परियारको अन्तिम तिज गीत ‘चरि बस्यो डाली भाचेर’बोलको गीतले बजार लिन सक्ने टीमका कृष्ण खरेलले जानकारी दिनुभयो ।

उक्त गीतमा स्वर दिपक परियार र लालुमाया बोहोराको छ भने शब्द दिपक कंडेलको छ ।
दिपक परियारको लय रहेको उक्त गीत दिपिका म्युजिकको युटुवबाट सार्वजनिक भएको छ । डेस्टिनी क्रीशन जापानले निर्माण गरेको भिडियोमा दीपक श्रेष्ठले निर्देशन गर्नु भएको छ । कृष्ण खरेलले स्टोरी लेखेको उक्त गीतमा अभिनय कृष्ण खरेल ,उज्ज्वल गिरी ,मेनुका थापा ,अक्रिती गौतम छ भने
निहारिका श्रेष्ठ,गंगा राना,रेजिना थापा,करुणा शाही ठकुरी,दिया शर्मा,रिया तिवारी,पुस्पा परियार,वर्षा परियार,अमीषा बस्यालले साथ दिएका छन ।

Comment