नेपालमा कोरोनाका कारण थप एक जनाको गयो ज्यान



मोरङ -विराटनगरमा कोरोनाका कारण एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर(५ का ७७ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको हो ।

कोसी अस्पतालका प्रवक्ता लक्ष्मिनारायण यादवका अनुसार श्वासप्रश्वास समस्या लिएर सोमबार आएपछि उनलाई आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्दा कोभिड-१९ पोजिटिभ देखिएको थियो ।यो सँगै मोरङमा कोरोनाबाट दुई जनाको ज्यान गएको छ ।

यसैबीच प्रदेश १ का मुख्य न्यायाधीवक्ता चूडामणि आचार्यसहित सोमबार विराटनगरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर(५ मा बस्दै आएका आचार्यका परिवारका अन्य दुई सदस्यमा समेत संक्रमण पुष्टि भएको हो ।विराटनगर महानगरमा हालसम्ममा १ सय ४३ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमा ३१ जनाले कोरोना जितेर घर फर्केका छन् ।

Comment