बझाङमा गएको पहिरोमा एकै घरका १८ सहित २३ जना बेपत्ता — OSNepal

बझाङमा गएको पहिरोमा एकै घरका १८ सहित २३ जना बेपत्ता

LC (KTM) October 19, 2021 0

काठमाडौं २ कात्तिक । लगातार वर्षा कारण बझाङको थलारा गाँउपालिका ४ डिख्लामा गएराति आएको पहिरोले २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिबाट आएकोअ पहिरो ७ घर पुरिएको हो ।

वेपत्ता हुनेमा गगने सार्कीका एकै घरमा १८ जना र नरे सार्कीका घरका पाँच जना रहेका छन् । रोजगारीको शीलसीलामा भारतमा रहेका गगने र उनका माइला छोरा काले सार्की मात्र शकुसल रहेको छन् ।

पहिरोले गर्दा जोखिममा रहेका अन्य परिवारलाई समेत नजिकैको स्कुलमा राखिएको बताइएको । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा घटनाको विवरण आउन समेत सकेको छैन ।

गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर