एमालेकी नेतृ कोमल वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न नपाउने — OSNepal

एमालेकी नेतृ कोमल वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न नपाउने

LC (KTM) October 19, 2021 0

काठमाडौं २ कार्तिक । नेकपा एमालेकी नेतृ कोमल वलीको एमाले केन्द्रीय सदस्य बन्ने ढोका बन्द भएको छ ।

पार्टीको नयाँ विधानमा महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बन्ने योग्यता तोकेपछि वलीको एमाले केन्द्रीय सदस्य बन्ने ढोका बन्द भएको हो ।

योसँगै अब वली पार्टीको आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्न नपाउने भएकी छन् । एमालेको विधान अनुसार एमाले महाधिवेशन प्रतिनिधि बन्न पार्टी सदस्य भएको १० वर्ष पुगेको हुनुपर्नेछ ।

वली राप्रपा छोडरे २०७४ सालमा एमाले प्रवेह गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर