१३ वर्षको उमेरमा बाबु बनेका यि किशोरको यस्तो छ मनछुने कथा — OSNepal

१३ वर्षको उमेरमा बाबु बनेका यि किशोरको यस्तो छ मनछुने कथा

LC (KTM) October 19, 2021 0

काठमाडौं – हाम्रो समाजमा १६ वा २० वर्ष कटेपछी बिबाह गरिन्छ त्यसपछी मात्र बच्चा जन्माउने सोच हुन्छ । कुनै पनि पुरुष १३ वर्षको उमेरमा पिता बन्न सम्भव होला रु आजकल त यस्ता घटना सुन्न पाइदैन र सुने पनी हामि चकित परिन्छ । तर बेलायतमा चाहिँ कुनै समय एकजना किशोर १३ वर्षको उमेरमै बाबु बनेका थिए ।सन् २००९ मा जब यो खबर आयो सबै छक्क पर्दै खबर पत्याउनै सकेनन् । तर यो घटना भने वास्तविक थियो । ती हुन् १२ वर्षका किशोर एल्फी ।

उनको कहानी गज्जबको छ । जब उनी १२ वर्षका थिए, एकजना १५ वषर्ीया किशोरीसँग उनको प्रेम बस्यो । उनीहरुबीच छिटै नै यौनसम्पर्क भयो र ती प्रेमिका गर्भवती भइन् । यसरी ती किशोर १३ वर्षको छँदा उनकी प्रेमिकाले बच्चा जन्माइन् ।उनको बारेमा समाचार द सन पत्रिकाले छापेको थियो पहिलोपटक ।आफ्नी प्रेमिकाले जन्माएकी आफ्नी छोरी काखमा राखेर बसिरहेको एल्फीको तस्वीर साँच्चीकै भाइरल बन्यो । जहाँ एल्फीको अनुहारमा हर्ष न विस्मात्को भाव देखिन्छ ।तर विडम्बना उनी बाबु बनेको एक वर्षमै उनकी प्रेमिकाले उनलाई धोका दिइन् र छोरी सँगै लिएर गइन् । पछि ती भूपू प्रेमिकाले अरु कसैसँग बिहे गरिन् ।

१३ वर्षको उमेरमा बाबु बन्न लागेको थाहा पाउँदा अर्थात् प्रेमिका गर्भवती भएको थाहा पाएसँगै एल्फी निकै जिम्मेवार बनेका थिए ।उनलाई त्यति सानो उमेरमा बाबु बन्दा दुनियाँले के भन्दा भन्ने कुराको परवाह थिएन । त्यति माया गर्ने प्रेमिका छोरीसँगै पोइल गएपछि एल्फी गहिरो पीडामा परे । त्यसपछि उनले मादक पदार्थ तथा लागू औषध सेवन गर्न थाले । उनको आनीबानी यति बिग्रियो कि उनी सानै उमेरमा जेल जानुपर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर