OSNepal आइतबार, मंसिर १२ २०७८

उत्तराखण्डमा पहिरोमा पुरिएर ३ नेपालीसहित १७ जनाको मृत्यु

उत्तराखण्डमा पहिरोमा पुरिएर ३ नेपालीसहित १७ जनाको मृत्यु

  • OSNepal
  • मंगलबार, कार्तिक २ २०७८


उत्तराखण्डमा पहिरोमा पुरिएर ३ नेपालीसहित १७ जनाको मृत्यु
Reading Time: < 1 minute

उत्तराखण्ड, २ कात्तिक -भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली पनि छन् । तीन दिनदेखि परेको भीषण वर्षापछिको बाढी र पहिरोमा केही मानिस हराइरहेका छन् । बाढीले सडक, भवन र पुलमा ठूलो क्षति पुर्‍याएको छ भने पर्यटकहरु बिचल्लीमा परेका छन् ।

पाउरी जिल्लामा वर्षापछिको पहिरोमा बगेर मृत्यु भएका पाँच जनामध्ये तीन नेपाली श्रमिक रहेको जिल्ला म्याजिस्ट्रेट विजय कुमारले भारतीय समाचार संस्था एनडीटीभीलाई बताए । उत्तराखण्डमा अझै केही दिन वर्षा हुने भारतको जलबायु तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड