मोतीपुर औधोगिक क्षेत्रमा भएको घटनामा संलग्न रहेको आरोपमा साविरअलि पक्राउ — OSNepal

मोतीपुर औधोगिक क्षेत्रमा भएको घटनामा संलग्न रहेको आरोपमा साविरअलि पक्राउ

LC (KTM) October 19, 2021 0

काठमाडौं २ कार्तिक । मोतीपुर औधोगिक क्षेत्रमा भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उप- महानगरपालिका वडा नम्बर ११ देवीनगरस्थित डेराकोठामा बस्ने ४४ वर्षीय साविरअलि मुसलमान रहेका छन् ।

मुसलमानमाथि सरकारी जग्गा अतिक्रमण गर्न मानिसहरूलाई उक्साउने, समिति गठन गरी अध्यक्षता ग्रहण गर्ने, टोली गठन गर्ने जग्गा बाँडफाँट गर्ने, ब्यानर बनाउने, माइन्यूट तयारको नेतृत्व गर्दै आएको आरोप लागेको छ ।

उनीविरूद्ध ईलाका प्रहरी कार्यालय बुटवलमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरूद्धको कसूरमा मुद्दा दर्ता भएको छ ।

मुुसलमानलाई थप अनुशन्धान गर्नको लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट १० दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर