निर्माणाधीन अधुरो सडक एक महिनाभित्र निर्माण गर्न निर्देशन — OSNepal

निर्माणाधीन अधुरो सडक एक महिनाभित्र निर्माण गर्न निर्देशन

LC (KTM) October 19, 2021 0

राजविराज, २ कात्तिक-भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले सप्तरी जिल्लामा निर्माणाधीन अधुरो सडकहरुलाई एक महिनाभित्र पूर्णता दिन निर्देशन दिनुभएको छ ।सप्तरीको राजविराजस्थित उद्योग वाणिज्य सङ्घमा आज सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले भौतिक पूर्वाधार विकासमा सप्तरी निकै पछाडि परेको भन्दै जीर्ण रहेको सडकहरु पुनः निर्माण चाँडो हुनुपर्नेमा जोड दिनुभयो ।

आफूले पाएको कार्यभारलाई इमान्दारीतापूर्वक बहन गर्ने प्रतिबद्धता जनाउँदै सडकको दुर्दशाका कारण सप्तरीवासीले सास्ती खेप्दै आएकाले सडक चाँडो मर्मत हुनुपर्नेमा जोड दिनुभयो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने सडकको काम अलपत्र छोड्ने कसैलाई छुट छैन, सडक निर्माण नगरी अधुरो राख्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखी कारबाही गरिने उहाँले बताउनुभयो ।सोही कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहले सप्तरीको अधिकांश सडकहरुको अवस्था जर्जर रहेको छ भन्नुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर