पोखरीका माछा धमाधम मर्न थालेपछि तनहुँका किसान चिन्तित — OSNepal

पोखरीका माछा धमाधम मर्न थालेपछि तनहुँका किसान चिन्तित

LC (KTM) October 19, 2021 0

तनहुँ २ कात्तिक – व्यास नगरपालिका–१२ स्थित छिर्कन निवासी नरबहादुर विकले पोखरीमा पालेका माछा एकाएक मर्न थालेपछि चिन्तित बन्नुभएको छ । करिब साढे दुई रोपनी क्षेत्रफलमा बनाइएको पोखरीमा राखिएको तीन हजार ५०० माछामध्ये केही मर्न थालेपछि उहाँ चिन्तित बन्नुभएको हो करिब १०० को हाराहारीमा माछा मर्न थालेपछि मङ्गलबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा ल्याएर माछाको परीक्षण गरिएको छ । करिब चार महिनाको अवधिपश्चात अन्तिम चरणमा रहेको माछा मर्न थालेपछि थप पीडा भएको उहाँले बताउनुभयो ।

पोखरीमा कमन ग्रास, रघु र सिल्भर जातको माछा योसहित तेस्रो पटक पालन गर्दै आए पनि यस्तो अवस्था नआएकामा कसैले बिषादी फ्याँकी दिएको हुन सक्ने आशङ्का विकको छ । उहाँका पोखरीमा हाल एकदेखि डेढ केजीसम्मका माछा उत्पादन भएका छन् ।

विकले साढे दुई रोपनी क्षेत्रफलमा पोखरी निर्माण गरी विभिन्न जातका माछा पाल्नुभएको छ । चिकित्सकको सल्लाहअनुरुप पोखरीको पानी मोटरको सहायताले फ््याँकेर नयाँ पानी राख्ने कार्य थालिएको उहाँले बताउनुभयो । माछाको चिरफार गर्दा आन्द्रा र छालामा समस्या देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका डाक्टर रोशन ज्ञवालीले जानकारी दिनुभयो । अल्सरका कारण पनि माछामा उक्त समस्या आउन सक्ने भएकोले सोहीअनुरुप उपचारमा लागिएको उहाँको भनाइ थियो । (रासस) :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर