वर्षाले विराटनगर विमानस्थल अवरुद्ध, उडान प्रभावित — OSNepal

वर्षाले विराटनगर विमानस्थल अवरुद्ध, उडान प्रभावित

LC (KTM) October 20, 2021 0

काठमाडौं, ३ कात्तिक । सोमबारदेखिको अविरल वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ । वर्षाले विमानस्थलमा पानी भरिँदा सेवा अवरुद्ध भएको विमानस्थल प्रशासनले जनाएको छ ।

विमानस्थलको सेवा अवरुद्ध भएपछि उडान पनि प्रभावित भएको छ । वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध भएकाले आफूहरुको विराटनगर उडान आज प्रभावित हुने बुद्ध एयरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर