पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साह सहित ५५ जनामा कोरोना संक्रमण



काठमाडौं । पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहलाई कोरोना संक्रमणको पुष्टि भएको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।मदनकुमार उपाध्यायका अनुसार मेयर साह सहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको ओएस नेपाललाई जानकारी दिए । ५५ जना संक्रमितमध्ये १० जनामा ज्वरो र खोकीको लक्षण देखिएको र पछिल्ला दिनमा लक्षण सहितका बिरामीहरु समेत फेला परेको जानकारी दिए ।

गत साउन २१ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा स्वाब परीक्षण गराएका मेयर साह सहित २५ जनाले साउन २१ गते स्वाव परिक्षणका लागि दिएका थिए । पछिल्ला दिनमा बिरगञ्ज लगायतका ठूला शहरमा संक्रमणको दर ह्वात्तै बढेको छ भने लक्षण सहितका बिरामीहरु पनि देखा पर्न थालेका छन् ।

यसैबिच काठमाडौंमा कोरोना महामारी बढीरहेका बेला भाटभटेनी सुपर मार्केटका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । भाटभटेनी सुपर मार्केटले कोरोना लागेका कर्मचारी कुन शाखाका हुन् भन्ने खुलाएको छैन । संक्रमित कर्मचारीलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको बताइएको छ ।

कोरोना संक्रमित भएका ति कर्मचारीको कन्ट्याक ट्रेसिङका आधारमा अन्यको स्वास्थ्य परिक्षण सुरु गरिएको छ । यसअघि काठमाडौँमा उच्च संख्यामा प्रहरी तथा ब्यबसायीहरुमा कोरोना संक्रमणको पुष्टि भएको थियो । यसअघि हिजो मात्रै काठमाडौँमा १ सय ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

Comment