कोरोना कहर : आइसोलेसनमा प्रचण्ड



काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइसोलेसनमा बसेका छन् ।

कोरोना कहरका बिचमा कहिले काठमाडौँका विभिन्न कार्यक्रम त कहिले चितवन पुगीरहेका अध्यक्ष प्रचण्डको निवासको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमणको पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका हुन् ।

प्रचण्ड ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेको स्रोतले जनाएको छ ।

पछिल्लो समय कोरोनाले नेपालमा र मुख्यत काठमाडौँ  उपत्यका लगायतका शहरमा महामारीकै रुप लिँदै समुदाय स्तरमा नै फैलिन थालेका बेला विज्ञले सर्तक रहन आग्रह गरेको भएता पनि नेताहरु अटेरी गर्दै भिडभाड र सार्वजनिक कार्यक्रममा दिनहुँ हिँड्न थालेका बेला प्रचण्ड आइसोलेसनमा बसेका हुन् ।

Comment