उपचार नपाएर मृत्यु भएकी २० वर्षीया विष्णुमा पनि देखियो कोरोना, अस्पतालले भर्ना नलिँदा बाटोमा नै गुमाएकी थिइन् ज्यान



काठमाडौ, साउन २५ । वीरगञ्जमा कोरोना संक्रमणबाट एक युवतिको मृत्यु भएको छ । मृत्यु हुनेमा २० वर्षकी बिष्णु लामा रहेकी छिन् ।

लामोको अस्पताल चहार्दा चहार्दै अस्पतालले भर्ना लिन नमानेपछि मृत्यु भएको हो । शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।

वीरगञ्जका ७ वटा अस्पतालले भर्ना लिन नमानेपछि लामाको शुक्रबार राति बाटोमै मृत्यु भएको थियो । अस्पताल स्रोतका अनुसार २० वर्षीया बिष्णुलाई नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना देखिएको हो ।

उनलाई ज्वरो र श्वासप्रश्वासको समस्या भएको थाहा पाएपछि अस्पतालले ठाउँ खाली नभएको भन्दै फर्काइदिएपछि उनी र उनका आफन्तले धेरै झनजट बेहोर्नु परेको थियो ।

Comment