सोलुखुम्बुको सेतो पोखरी भनिने चोकर्मा ताल फुट्यो



काठमाडौं, साउन २५ । सोलुखुम्बुको सेतो पोखरी भनिने चोकर्मा ताल फुटेको छ । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका १ र २ को सिमानामा पर्ने यो ताल फुटेसँगै सोलु खोलामा बाढी आएको छ ।

पाँच हजार पाँच सय मिटरको उचाइमा रहेको चोकर्मा तालको उक छेउ मात्रै फुटेकाले तत्काल जोखिम नभएपनि तालको सबै पानी फुटेर गयो भने यसले ठूलो विपत निम्त्याउन सक्ने सोलु दूधकुण्ड नगरपालिकाका मेयर नामगेल जाङ्बु शेर्पाले बताए ।

‘शुक्रबार सोलु खोलामा ठूलो बाढी आउँदा स्थानीय त्रसित बनेको र आज तालको अवलोकनका लागि मेयर, प्रदेश सांसद बुद्धिकुमार राज भण्डारी, वडाध्यक्ष छोङबा लामा, सुरक्षाकर्मीसहितको टोली जाने तयारी गरिएको छ । चोकर्मा ताल सोलु सदरमुकामबाट करिब ६० किलोमिटरको दुरीमा रहेको छ ।

Comment