सत्ता गवठन्धन र सर्वोच्चको परमादेशबाट बनेको देउवा सरकारको सय दिन पुरा, २४ यस्ता काम गरेको दावी — OSNepal

सत्ता गवठन्धन र सर्वोच्चको परमादेशबाट बनेको देउवा सरकारको सय दिन पुरा, २४ यस्ता काम गरेको दावी

LC (KTM) October 20, 2021 0

काठमाडौं ३ कात्तिक । पाँचौँ पटक प्रधानमन्त्री बनेका शेरबाहदुर देउवाको नेतृत्वमा बनेको सरकारले आज सय दिन पुरा गरेको छ । सत्ता गवठन्धनबाट सर्वोच्चको परामादेशबाट बनेको देउवाले सरकारले सय दिनमा २४ काम गरेको दावी गरेको छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुत्त भएका देउवाले कोरोना विरुद्धको खोप ल्याउन सफल कूटनीति गरेको , एक करोड ५० लाख खोप व्यवस्थापन गरेको , लक्षितमध्ये ३२ दशमलव ६ प्रतिशतले पूर्ण खोप लगाएको साथै लगानीमैत्री वातावरणको सिर्जना गरेको दावी गरेको छ ।

त्यसैगरी, क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता दिने
अति विपन्न गरिब घरपरिवारलाई प्रतिघरपरिवार १० हजार रुपैयाँका दरले राहात दिने समेत घोषणा गरेको थियो ।

सरकार बनेको ८८ दिनमा मन्त्रिपरिषद्लाई पुर्णता दिएको दुई दिनमा नै उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले चर्को आलोचना पनि राजीनामा दिएका थिए ।

देउवा नेतृत्व गठबन्धनको सरकारले दावी गरेको २४ काम यस्ता छन्;१) सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति
२) सफल खोप कूटनीति
३) एक करोड ५० लाख खोप व्यवस्थापन
४) लक्षितमध्ये ३२ दशमलव ६ प्रतिशतले पूर्ण खोप लगाए
५) लगानीमैत्री वातावरणको सिर्जना
६) निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम
७) कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज
८) प्रभावकारी रुपमा कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन
९) चुस्त सुरक्षा व्यवस्था
१०) प्रभावकारी रुपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
११) राजस्व संकलनमा उल्लेख्य वृद्धि
१२) स्टार्टअप व्यवसायलाइ प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार
१३) विद्युतीय लाइन विस्तार तथा विद्युतको पहुँचमा वृद्धि
१४) सडक तथा यातायातको पहुँच विस्तार
१५) देशभर निःशुल्क कानुनी सहायता प्रदान गर्ने कानुनी मस्यौदा तयार
१६) सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको
१७) विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको
१८) सरकारी कागजातहरुको डिजिटल अर्काइभिङ सुरु
१९) दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि डिस्टन्स लर्निङको प्रक्रिया सुरु
२०) प्राकृतिक विपत्तिमा तत्काल रेस्पोन्स
२१) क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय
२२) अति विपन्न गरिब घरपरिवारलाई प्रतिघरपरिवार १० हजार रुपैयाँका दरले राहात दिने घोषणा
२३) युवा विद्यार्थीलक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदायलक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा
२४) साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन स्वरुप जनही ५ लाख दिने घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर