पर्सामा घर घरमा देखिन थाल्यो कोरोना, स्वेच्छाले जाँच गराएका १२ जना सहित आज फेरी ७५ जनामा कोरोना पुष्टि



वीरगञ्ज-पर्सामा आज थप ७५ जनामा कोरोना देखिएको छ । संक्रमितमध्ये १५ जना महिला रहेका छन् जसमा । वीरगञ्ज–२ छपकैयाकी २० वर्षीया मृतक महिला पनि संक्रमितको सूचीमा परेकी छन् ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका ७५ जनामा कोरोना देखिएका देखिएको हो । जसमा स्वेच्छाले जाँच गराउदा कोरोना देखिएका १२ जना,कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जना, तथा वीरगञ्ज महानगरपालिकाका दमकलका कर्मचारी २ जना, क्वारेन्टिनमा बस्दै आएका ४ जना, जिल्ला प्रहरी कार्यालयका ९ जना रहेका छन् ।

Comment