घरमा आफैं औषधि किनेर खाँदा ठूलो क्षति — OSNepal

घरमा आफैं औषधि किनेर खाँदा ठूलो क्षति

LC (KTM) May 24, 2021 0

काठमाडौँ । बुटवल गोलपार्कका ५८ वर्षीय पुरुषलाई सामान्य ज्वरो आयो। घरमै रहेको सिटामोल खाएपछि हल्का भएको ज्वरो फेरि अर्को दिन आयो। फेरि औषधि खाए। अर्को दिन शरीर दुख्यो। अनि सामान्य खोकी पनि लाग्यो।

शरीर कमजोर हुँदै गए पनि उनी कोरोना परीक्षण गर्न गएनन्। छैटौं दिन उनी उठ्नै सकेनन्। अक्सिजनको तह ८० भन्दा तल पुगिसकेको थियो। परिवारका सदस्यले घरमै अक्सिजन पु¥याएर दिए। तर, उनमा केही सुधार भएन। केही समयमै उनलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए। अस्पतालमा भीडभाडले उनले बेड पाएनन्।

बेड खोज्दा खोज्दै आधा दिन बित्यो। एम्बुलेन्समा राखिएका उनलाई भैरहवातर्फ लगियो। तर, अस्पतालसम्म पुग्न पाएनन्। एम्बुलेन्समै उनको निधन भयो। प्रादेशिक अस्पताल आएपछि कोभिड परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। ‘बुवाले अस्पताल जान समयमै नमान्दा बचाउन सकिएन,’ उनका छोराले भने।

बुटवल–११ का दीपक ज्ञवाली १० वैशाखमा ज्वरो आएर मेडिकल पुगे। मेडिकलका चिकित्सकले उनलाई टाइफाइड ज्वरो भन्दै औषधि दिए। दुई दिन खाए, ज्वरो निको भएन। उनका दाजु फेरि मेडिकल पुगे र भाइलाई सुधार नभएको बताए। मेडिकलका चिकित्सकले सात दिनको औषधि खाए ठीक हुन्छ भनेर फर्काए। बिहेको तरखरमा रहेका उनी ज्वरो आउँदासमेत केटी हेर्न गुल्मी पुगे।अन्नपूर्ण पोस्ट दैनिकमा छ । वैशाख १५ गते औषधि खाएरै बिहे मण्डपमा बसे। उनको स्वास्थ्य कमजोर भयो। बिहे मण्डपबाटै उनलाई अस्पताल लगियो। तर, अस्पतालबाट फर्किएनन्। आईसीयूमा पुगेका उनको २९ गते मृत्यु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर