शुटिंगको ३ दिनमै छोड्न खोजेकी थिईन् नायिका प्रियंकाले फिल्म बाजीराव मस्तानी , कारण रहेछ यस्तो – OSNepal

शुटिंगको ३ दिनमै छोड्न खोजेकी थिईन् नायिका प्रियंकाले फिल्म बाजीराव मस्तानी , कारण रहेछ यस्तो

Loknath Rijal (Jhapa) October 20, 2021 0

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो अभिनयले संसारभर नाम कमाएकी छिन् । उनी बलिउड देखी हलिउड सम्म बराबर काम गरिरहेकी छिन् । उनलाई एकदमै राम्रो प्रोजेक्ट समेत मिलिरहेको छ । बलिउडमा प्रियंका धेरै फिल्ममा मुख्य भुमिकामा देखिएकी छिन् भने फिल्महरु पनि सुपरहिट भएका छन् । यसैमध्ये एक फिल्म हो बाजीराव मस्तानी । यस फिल्ममा प्रियंकाले काशीबाईको अहम रोल प्ले गरेकी थिईन् । उनको यस फिल्ममा गरेको अभिनयलाई सबैले तारिफ गरेका थिए ।

तर कसैलाई पनि थाहा छैन कि यो फिल्ममा मात्रै ३ दिन शुटिंग गरे लगत्तै काम नगर्ने बताएकी थिईन् । यस फिल्मका नायक रणबीर सिंहले फिल्म कम्पेनियन संग दिएको एक अन्र्तबार्तामा भनेका थिए– बाजीराव मस्तानीको शुटिंगको दौरान संजय लीला भन्सालीको युनिक स्टाइल संग प्रियंका परिचित थिईनन् । पहिलो पटक मैले प्रियंकालाई यसरी फिल्म छोडेको देखेको थिए । उनले बुझेकै थिइनन् कि के भईरहेको छ । उनलाई यकिन भईरहेको थिएन कि के सहि हो । राती ९ बजेको थियो हामी बातचितमा ब्यस्त थियौ ।

त्यतिबेला एक शट पनि लिइएको थिएन् । प्रियंका संजयलीला भन्साली संग काम गर्नका लागि तयार थिईनन् । प्रियंका शुटिंगको तेस्रो दिन सबै छोडेर हिड्न लागेकी थिईन् । उनले यो फिल्मलाई यतिमै क्विट गर्न खोजिरहेकी थिईन् । उनी घर जान चाहान्थिन् । त्यसपछि आपसमा समझदारी भएपछि अभिनेत्री प्रियंकाले काम गर्न थालिन् र उनको यस फिल्ममा दिइएको शानदार अभिनयले सबैको मन सजत्न सफल भयो ।

 

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement