नेकपा एमालेले स्थायी कमिटिको बैठक तीन बस्ने बस्दै, यस्तो छ बैठकको एजेण्डा — OSNepal

नेकपा एमालेले स्थायी कमिटिको बैठक तीन बस्ने बस्दै, यस्तो छ बैठकको एजेण्डा

LC (KTM) October 20, 2021 0

काठमाडौं ३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटिको बैठक बोलाएको छ । बैठक आज बुधबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने भएको हो ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार आजको बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा र पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन, अविरल वर्षाका कारण भएको धनजनको क्षतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

एमालेको यहि कात्तिक ९ गते पालिका अधिवेशन हुने भएको छ । दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गते हुने भएको छ । हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर