अक्षय कुमारको फिल्मका लागि फेरी एक पटक राम अवतार धारण गर्दै अरुण गोभील — OSNepal

अक्षय कुमारको फिल्मका लागि फेरी एक पटक राम अवतार धारण गर्दै अरुण गोभील

LC (KTM) October 20, 2021 0

रामानन्द सागरको १९८७ मा आएको चर्चित टेलिभिजन शो रामायणमा भगनाव रामको भुमिका निर्बाह गर्ने कलाकार अरुण गोभील सबैका लागि प्रिय पात्र रहेका छन् । रामको अवतार धारण गरेका अरुणले देशभर आफ्नो पहिचान बनाएका थिए । अहिले यस्तो खबर बाहिर आएको छ कि उनै राम अर्थात अरुण गोभील ठुलो पर्दामा पनि देखिने भएका छन् । भारतीय संचार माध्यमका अनुसार अक्षय कुमार तथा परेश रावल स्टारर फिल्म ओह माइ गडको सिक्वेलको लागि अरुण गोभीलले एक पटक भगवान रामको रुप धारण गर्ने भएका हुन् ।

फिल्म ओह माइ गड अर्थात ओएमजी २ को प्रोडक्शन अश्विन बर्दे तथा अक्षय कुमार गर्दैछन् । यस फिल्मलाई अमित रायले निर्देशन गर्दैछन् । रिर्पाेटका अनुसार अक्षय कुमार चाहान्छन् कि भगवान रामको रोल अरुण गरुन् । भगवान रामको रोलका लागि अरुण बाहेक अरुको चेहरा उपयुक्त र राम्रो नहुने निर्माण पक्षको दाबी रहेको छ ।

यस फिल्ममा अक्षय कुमार संगै पंकज त्रिपाठी तथा यामी गौतम पनि रहने छिन् । फिल्मको शुटिंगको लागि क्रु मेम्बर्स १३ अक्टोबर उज्जैनका लागि प्रस्थान गर्ने समय रहेको थियो तर ३ जना क्रु मेम्बर्समा कोभिड देखिएपछि शुटिंगको डेट २३ अक्टोबरलाई सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर