अरबौँ सम्पतिकी मालिक्नी हुन् अभिनेत्री प्रियंका चोपडा, यति रहेछ वार्षिक आम्दानी



एजेन्सी – प्रियंका चोपडा बलिउडकी मोस्ट वान्टेड नायिका हुन् । उनीसँग काम गर्न निर्मात्रा निर्देशकहरु वर्षौ लाइनमा बस्ने गरेका छन् ।

पूर्व विश्वसुन्दरीको ताज समेत पहिरिएकी यि सुन्दरीले २० वर्षको उमेरमा साउथ फिल्म थामिजानबाट आफ्नो अभिनय यात्रा सुरु गरेदेखि नै कहिल्यै पछि फर्केर हेर्नु परेन । हाल प्रियंकाको सम्पती २९ मिलियन डलर रहेको छ । उनको वार्षिक आम्दानी ११ मिलियन डलर रहेको छ ।

५ वटा लक्जरीयस कारमा पालैपालो सवार गर्ने यि सुन्दरीका अमेरिका र भारतमा गरेर करोडौँ मूल्य बराबरका ७ वटा घर छन् । जसमध्ये उनका अमेरिकाको म्यानह्याटेनमा भब्य अपार्टमेन्ट किनेकी छिन् । उनका भारतका विभिन्न स्थानमा ६ वटा करोडौँ मूल्य बराबरका घर रहेका छन् । फेसन,बर्फी ,मेरिकोम जस्ता सफल फिल्ममा अभिनय गरिसकेकी छन्

Comment