नायिका रिचा शर्माले लेखिन् यस्तो मन छुने शब्द



काठमाडौं साउन २६ । नायिका रिचा शर्माले आफ्नो इन्स्ट्राग्राम नारीलाई यस समाजले गरेको अभद्र व्यवहारको व्यग्य गरेकी छिन् ।

पछिल्लो समय नायिका पुजा शर्मालाई कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले दारा निस्केको महानायिका भनेपछि शर्माले आफ्नो इन्स्ट्राग्राममा यस्तो लेखेकी छिन् ।

उनले लेखेकी छिन् , ‘त दारे छस, त काली छस ,भ्यात्त परेकी छस, यस्ता शब्द तपाईलाई कार्यक्रम प्रस्तोताले भनेको सुन्दा कस्तो लाग्ला ? एउटा अभिनेत्री र त्यो भन्दा पहिला एउटी नारीका हैसियतले यस समाजले हामीलाई कसरी जिउनुपर्ने , समाजमा अटाउन कस्तो देखिनुपर्ने, कस्तो लगाउनु पर्ने, कसरी बोल्न हिड्न खान पर्ने बारम्बार सिकाइरहेको टिप्पणीको माला लगाइदिएको देख्दा आक्रोश , हिनता र अस्थिरताले सताउछ । मेरो शरीरको बनावट उनीहरुले चाहै झै बनाउ म आर्टिफिसियल, देखावटी हुन्छु, नबनाउ त म मोटी , दारा भएको , काली भ्यात्त परेकी हुन्छु’।

मोडलिङ क्षेत्रबाट फिल्म क्षेत्रम प्रवेश गरेकी नायिका शर्माले फिल्म समेत निमार्ण गरीसकेकी छिन् ।

Comment