वर्तमान सरकार टिप्पणी गर्न समेत लायक छैन , अब जनतालाई एमालेको विजयी आवश्यक परेको छ : अध्यक्ष ओली — OSNepal

वर्तमान सरकार टिप्पणी गर्न समेत लायक छैन , अब जनतालाई एमालेको विजयी आवश्यक परेको छ : अध्यक्ष ओली

LC (KTM) October 20, 2021 0

काठमाडौं ३ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार टिप्पणी गर्न समेत लायक नभएको बताएका छन् । वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘यो सरकार टिप्पणी गर्न पनि लायक रहेन छ, साँची यो सरकार कसले चलाएको भनेर कसैले भन्न सक्छन् ?,’ ओलीले भने । उनले बैठकमा यो सरकार देशकै मान्छेले चलाएका छन् कि बाहिरका मान्छेले ? प्रश्न समेत गरेका छन् ।

अब जनतालाई एमालेको विजयी आवश्यक परेको दावी गरेका उनले आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्न नेपाली कांग्रेससँग समेत कुनै एजेण्डा नभएको बताएका छन् ।

अगामी निवार्चनमा आफ्नो पार्टी बाहेक अरु दलसँग कुनै एजेण्डा नभएको समेत ओलीले जिकिर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर