कोरोना कहरकाबिच भगवान् शिवको चरणमा पुगे साउनको अन्तिम सोमबार दर्शनार्थीहरु



काठमाडौं, २६ साउन । भगवान् शिवको प्रिय महिना साउनको आज अन्तिम सोमबार। आज बिहानैदेखि कोरोना कहरकाबिच पशुपतिनाथ मन्दिरलगायत देशभरिका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेका दृश्यहरु देखिए । मन्दिर पसिरमा कतिपय मानिसहरुले माक्स लगाएका थिए भने कतिपय मानिसहरु माक्स बिना नै मन्दिरमा पुगेका थिए ।

साउन महिनाको सोमबारको व्रत फलदायी मानिन्छ। यो विश्वास गरिन्छ की , सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ।

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयोरु सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै कथाहरु चलिआएका छन। यी कथाहरु मध्ये तीन कथाहरु बढी चर्चित छन्। पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ। दोस्रो, एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो। कथा अनुसार शिव र पार्वतिको कृपाले छोराको पुर्नजन्म भएको थियो। तेस्रोः शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ।

Comment