बझाङमा चार दिनपछि नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा — OSNepal

बझाङमा चार दिनपछि नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा

LC (KTM) October 20, 2021 0

बझाङ- बझाङमा ४ दिनपछि नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा आएको छ । लगातारको वर्षातका कारण जिल्लामा फोन सेवा अवरुद्ध भएको थियो । फोन सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्लाका सञ्चारमाध्याम पूर्णरुपमा सम्पर्कविहीन भएको थियो । नेपाल टेलिकमको नेटवर्कमा सुधार गरेसँगै बाढीपहिरो गएको ठाउँको एकीन तथ्याङ्क लिन सजिलो हुने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारी बताउनुभयोे ।

उद्धारलाई हेलिकप्टर थलारा-आइतबार साँझदेखिको निरन्तरको वर्षाले बझाङका सबै स्थानीय तहमा क्षति पुगेको छ । वर्षाका कारण थलारा गाउँपालिका–४ डिक्लाका सार्की परिवारका १९ र पार्की परिवारका चारजना बेपत्ता भएका छन् । झण्डै ७२ घण्टापछि पीडितको उद्धारका लागि औषधिसहित हेलिकप्टर बझाङ्को थलारा पुगेको छ ।

त्यस्तै १७० घर विस्थापित भएका छन् । उनीहरु अहिले नजिकै रहेको त्रिभुवन माविमा बसिरहेका छन् । सात घर पूर्णरुपमा पुरिएको छ । बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि राहत सामग्री र औषधि लिएर घटनास्थल थलारा पुगेको प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर