गोंगबु हत्या प्रकरण : कल्पना समातिइन्



काठमाडौं । राजधानीको गोंगबुमा टाउको काटिएको अवस्थामा फेला परेको शवको पहिचान भए लगत्तै प्रहरीले हत्या आरोपमा १ जनालाई पक्राउ गर्न सफल भएको छ ।

प्रहरीले काठमाडौंको गोंगबु गणेशस्थान नजिकै कृष्णबहादुर बोहोराको विभत्स हत्या गरेर शरीर एएटा झोलामा र टाउको र हात खुट्टा अर्को झोलामा फालेको आरोपमा चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ गरेको छ ।

कल्पना अपराध भएको कोठामा बस्ने महिला भएको प्रहरीको अनुसन्धानले देखाएको छ । हाल जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएकी ति महिलालाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरिरहेको छ ।

Comment