ट्याक्सी ड्राइभरले जुही चावाला र आमिर खानलाई यसरी भगाए , नायिकाले सुनाईन् फिल्मको यस्तो रमाइलो किस्सा — OSNepal

ट्याक्सी ड्राइभरले जुही चावाला र आमिर खानलाई यसरी भगाए , नायिकाले सुनाईन् फिल्मको यस्तो रमाइलो किस्सा

LC (KTM) October 20, 2021 0

द कपिल शर्मा शो को गत एपिसोडमा ९० का दशकका टप हिरोइनहरु जुही चावला, मधु तथा आयशा जुल्का जस्ता दिग्गज अभिनेत्रीहरु सहभागि भएका छन् । शो मा एकदमै मस्ती मज्जाकका कुरा चले । त्यस्तै अनसुन तथा कतै नसुनिएका रमाइला र रोचक किस्साहरु सुन्न र देख्न पाइएको छ । जुही चावलाले यसै एपिसोडमा फिल्म कयामत से कयामत तकमा आमिर खान संगको रमाईलो किस्सा सुनाएकी छिन् । जुहीका अनुसार एक पटक उनलाई तथा आमिर खानलाई मुम्बईको ट्याक्सी ड्राइभरले दौडाएको थियो ।

उनि भन्छिन्– मलाई याद छ हाम्रो फिल्म रिलिज हुन लागेको थियो । कसैले हामीलाई चिन्दैन थियो । त्यतिबेला ट्याक्सीमा फिल्मको पोस्र्टस हुनु सामान्य कुरा रहेको थियो । हाम्रो बिल्डींगको तल एकदमै लामो ट्याक्सीको लाइन लागेको थियो । त्यती बेला मैले उनीहरुको छेउमा गएर उनीहरुलाई पोस्टर लगाउनका लागि अनुरोध गरे । त्यतिबेला सबै ट्याक्सी ड्राइभरहरुका बिचमा हामी नयाँ थियौ । उनीहरुले ट्याक्सीमा फोटो लगाउनका लागि ठाउँ दिन तयार थिएनन् ।

जुही फेरी भन्छिन्– उनीहरु सोध्न लागे कि हामीहरु को हौ ? आमिर खान को हुन् ? मैले भनेकी आमिर खान हिरो हुन् । फेरी ति एक ट्याक्सी ड्राइभरले मेरो तस्बीर तिर ईशारा गर्दै भन्छन्– यो को हुन् ? मैले भने यो म आफै हु । तर ट्याक्सी ड्राइभरले पत्याएनन् र हैन हैन भन्दै हामीलाई त्यहाँ बाट भगाएका थिए । तर केही ड्राइभरले भने एकदमै मायाका साथ हाम्रो फिल्मको पोस्टर लगाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर