लगातार आएको बाढी पहिरोको विषयमा छलफल गर्न सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु — OSNepal

लगातार आएको बाढी पहिरोको विषयमा छलफल गर्न सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

LC (KTM) October 20, 2021 0

काठमाडौं ३ कात्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा चार दिन देखि अविरल परेको वर्षाले ठुलो धनजनको क्षति पुर्याएको विषयमा छलफल हुने बताइएको छ ।

साथै बाढी पहिरोबाट भएको धनजनको क्षति , पिडित परिवारलाई राहातको विषयमा समेत छलफल हुने भएको छ ।

यस अघि नै प्रधानमन्त्री देउवाले सिंहदरबारस्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकबाट देशभर भएका क्षतिको विषयमा विवरण लिइसकेकाले बाढी पहिरो प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर